नियम ६८
पुनरावेदन माथि विचार
(१) यस नियमावली बमोजिम पुनरावेदन लाग्ने भएमा पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन लिन अस्वीकार गर्न सक्ने छैन ।
(२) पुनरावेदन सुन्ने अधिकारीले नियम ६६ बमोजिम प्राप्त भएको पुनरावेदन उपर देहायका कुराहरूको विचार गरी सजाय कायमै राख्न, बदर गर्न वा घटाउन सक्नेछ ः-
(क) सजायको आदेशमा आधारित भएका कुराहरूको यथार्थता प्रमाणित भइसकेको छ वा छैन ?
(ख) प्रमाणित भइसकेको कुरा कारबाही गर्नका निमित्त पर्याप्त छन् वा छैनन् ?
(ग) सजाय गरेको ठीक वा बढ्ता के छ ?
(३) पुनरावेदन सुन्ने अधिकारीले उपनियम (२) बमोजिम पुनरावेदनमाथि विचार गर्दा सजाय दिने अधिकारीबाट विभागीय कारबाही गर्दा अबलम्बन गर्नु पर्ने कार्यविधि सम्बन्धी कुनै त्रुटि गरेको वा अरू कुनै उचित कारणले गर्दा पुनरावेदनकर्तालाई मर्का परेको छ भन्ने लागेमा पुन जा“चबुझ गर्नको निमित्त आदेश दिन सक्नेछ ।
(४) सजायको आदेश दिने अधिकारीबाट वस्तुनिष्ठ प्रमाणको अभावमा गलत नियत वा कुनै आग्रह वा पूर्वाग्रह राखी त्यस्तो निर्णय गरेको देखिएमा पुनरावेदन सुन्ने अधिकारीले त्यस्तो अधिकारीलाई सचेत गराउन, निजको व्यक्तिगत अभिलेखमा सो व्यहोरा जनाउन लगाउन वा विभागीय कारवाही समेत गर्न, गराउनका लागि लेखी पठाउन सक्नेछ ।
(५) पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन प्राप्त भएको मितिले तीन महिनाभित्र निर्णय गरिसक्नु पर्नेछ । तर विशेष कारणले सो अवधिभित्र निर्णय गर्न नसकिएमा पुनरावेदन सुन्ने अधिकारीले निर्णय हुन नसकेको व्यहोरा खुलाई सम्बन्धित मिसिलमा संलग्न गर्नु पर्नेछ ।
(६) विभागीय सजायको आदेश सम्बन्धमा पुनरावेदन सुन्ने अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ ।